सांसद पद कायम राख्न माग गर्दै नेता थापाद्वारा सर्वोच्च अदालतमा रिट दायर-Sutra News

सांसद पद कायम राख्न माग गर्दै नेता थापाद्वारा सर्वोच्च अदालतमा रिट दायर

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौँ । सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । 



हिजो बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाइएका नेता थापाले सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्  ।

पार्टीको नियम उल्लङ्घन गरेको भन्दै थापा दलबाट निष्कासन भएका थिए ।

थापालाई राजमोले यसअघि पनि केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन समेत गरिसकेको  थियो ।

उनले दायर गरेको  रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट