सरकारले भन्यो- बजेटको चौतर्फी प्रशंसा भयो, विपक्षी दलहरुले पनि बजेटको विरोध गर्ने स्पेस भेटेनन-Sutra News

सरकारले भन्यो- बजेटको चौतर्फी प्रशंसा भयो, विपक्षी दलहरुले पनि बजेटको विरोध गर्ने स्पेस भेटेनन

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौँ । सरकारले जेठ १५ गते प्रस्तुत भएको बजेटको चौतर्फी प्रशंसा भएको बताएको छ ।



शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पार्वत गुरुङले यस्तो बताएका हुन् ।

‘सरकारले ल्याएको बजेटको चौतर्फी प्रशंसा भइरहेको छ, मन्त्री गुरुङले भने,’ अहिले बजेटको बारेमा कसैले विरोध गर्न चाह्यो भने पनि केही कुरा भेट्दैन ।’

त्यस्तै उनले विपक्षी दलले पनि बजेटको प्रशंसा गरेको बताएका छन् ।

‘विपक्षी दलहरुले बजेटसम्बन्धि विज्ञप्ति जारी गर्नुभयो तर केही विरोध गर्नुभएन, किनभने बजेटमा विरोध गर्नुपर्ने कुनै पनि कारण नै थिएन ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट