काठमाडौँ । प्रेमपत्र पठाएको भन्दै रौतहटमा एक युवकमाथि कुटपिट भएको छ ।
हिजो बिहीबार रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय युवकले एक युवतीलाई पत्र पठाएपछि सो घटना घटेको हो ।
सामाजिक सञ्जालमा एक युवकले कुटाई खाएको भिडिओ भाइरल भएपछि अनुसन्धानको क्रममा ४५ वर्षका राजदेव गिरीले १९ वर्षका विकास पासवानलाई कुटपिट गरेको पाइएको थियो ।
केटी पक्षले युवकलाई सुधार्नका लागि सामान्य कुटपिट गरेको बताएको छ भने पीडित युवक पक्षले भने केटी नजिस्काएको, प्रेमपत्र नलेखेको दलित भएकै आधारमा आफू कुटिएको गुनासो गरेका छन् ।
प्रहरीले घटनामा संलग्नको आरोपमा ५० वर्षका राजदेव गिरी र अरु २ जनालाई पक्राउ गरिसकेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।