कोरोनाको तेस्रो लहरबाट बालबालिका जोगाउने पूर्वाधारको पूर्वतयारी कस्तो छ ?-Sutra News

कोरोनाको तेस्रो लहरबाट बालबालिका जोगाउने पूर्वाधारको पूर्वतयारी कस्तो छ ?

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड-१९ सङ्क्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन् ।



आगामी अक्टुबरपछि आउने तेस्रो लहरको कोभिड-१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्र्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उनले बताए ।

गृहजिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को परासीमा आज पत्रकारहरुसँग मन्त्री त्रिपाठीले ५० लाख खोप दिने निर्णय गरेको भन्दै अमेरिकी सरकार र नेपालस्थित अमेरिकी राजदूतप्रति धन्यवाद व्यक्त गरे ।

खोप उत्पादक देशहरुसँग निरन्तर संवादमा रहेको बताउँदै मन्त्री त्रिपाठीले पहिलो चरणमा खोप लगाएका नागरिकलाई दोस्रो डोज लगाउन भारतबाट थप सात लाख डोज खरिद गरी १७ लाख डोज खोप आउने सुनिश्चिता हुन लागेको जानकारी दिए ।

कोभिड-१९ को उपचारको औषधि नभएकाले सरकारको पहिलो प्राथमिकता खोप नै रहेको बताए । उनले आगामी चुनावसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने उल्लेख गरे ।

रसियाले पनि आगामी डिसेम्बरसम्म ८० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको जानकारी दिँदै मन्त्री त्रिपाठले ४० लाख डोज खोप तत्काल पठाउन आफूले आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट