काठमाडौं- केपी शर्मा ओलीको मन्त्रिमण्डलमा आलोपालो मन्त्री हुने श्रीमान् श्रीमती हुन् रघुवीर महासेठ दम्पती । २ चैत ०७४ मा महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए ।
यातायातमा सिण्डिकेट तोडेका कारण उनी चर्चामा थिए । तर अहिले महासेठ फेरिए सिण्डिकेट उस्तै छ । त्यतिबेला उनेले करिब २० महिना जिम्मेवारी सम्हालेका थिए ।
ओली नेतृत्वमा पहिलोपटक (५ पुस) संसद् विघटन भएपछि मन्त्रिमण्डलमा माधव नेपाल पक्ष र पुष्पकमल दाहाल (प्रचण्ड) पक्षका मन्त्रीहरूले राजीनामा दिए ।
त्यसपछि प्रचण्ड-नेपाल समूहमा आएकी महासेठकी श्रीमती जुलीकुमारी महतो मन्त्री हुने भएपछि ओली समूहमा फर्किएकी थिइन् । जुलीकुमारीलाई ओलीले महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिएर मन्त्रिमण्डलमा ल्याए ।
हाल मन्त्रिमण्डल पुनर्गठन गर्दा ओलीले महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनकी श्रीमती भने बाहिरिएकी छन् ।
शुक्रबार जनता समाजवादी पार्टी (जसपा) का ठाकुर पक्ष सरकारमा सहभागी भएको छ । ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै जसपा लगभग फुटेको छ ।