काठमाडौं- नेकपा एमाले झलनाथ-माधव समूहको केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रबार सकिएको छ ।
केन्द्रीय कमिटीमा उठेका विषयहरुलाई अन्तिम रुप दिनका लागि शनिबार स्थायी कमिटीको बैठक बस्ने भएको छ ।
बिहीबार र शुक्रबार दुई दिनसम्म झलनाथ-माधव पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो ।
बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
साथै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरुको धारणा मागिएको र यसलाई शनिबार स्थायी कमिटीले अन्तिम रुप दिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।