बाबुरामको तीन यक्ष प्रश्नः अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?-Sutra News

बाबुरामको तीन यक्ष प्रश्नः अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नै पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा गएपछि तीन यक्ष प्रश्न गरेका छन् । 



शुक्रबार साँझ ट्वीटरमा डा.भट्टराईले ‘यक्ष प्रश्न- संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?’ भनि प्रश्न गरेका छन् ।

‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?’ भनेर दोस्रो प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओली र ठाकुर पक्ष ‘नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’ पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले तेस्रो प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट