काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई समेट्दै मन्त्रिपरिषदमा हेरफेर गरेका हुन् । शनिबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् ।
ओेलीले जसपाबाट राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी दिएर शपथ गराइएको छ भने शरतसिंह भण्डारी ऊर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला मन्त्रालय र एकबाल मियाँले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसपाबाटै चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला मन्त्रालयको राज्यमन्त्री भएकी छिन्।
एमालेबाट रघुविर महासेठलाई उपप्रधानसहित परराष्ट्र र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।