डोटी- एक बालक करेन्ट लागेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार सदरमुकाम सिलगढी बस्ने १२ वर्षीय पवन विश्वकर्मा घाइते भएका हुन् ।
बाटो नजीक लत्रेको बिजुलीको तार छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
अहिले उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । करेन्टले उनको शरीरभरि घाउ भएको र गम्भीरावस्था रहेको उनकी दिदी अस्मिताले जानकारी दिए ।
बाटामा विद्युत् तार खसे पनि नहटाउने तथा लापरवाही गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कारबाही गर्न पीडित पक्षले माग गरेको छ ।