काठमाडौं- डोनाल्ड ट्रम्पले थप दुई वर्ष फेसबुक चलाउने नपाउने भएका छन् ।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकी संसदमा क्यापिटल हिलमा गत जनवरी ६ मा भएको हिंसा भड्काएको पुष्टि भएपछि फेसबुकले उनको एकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको थियो ।
यो अवधिमा नागरिक सुरक्षामा खतरा हटेको वा नहटेको भनी हेर्ने फेसबुकका विश्व मामिलाका उपाध्यक्षले जनाए अनुसार ट्रम्पले अब सन् २०२३ को जनवरीदेखि मात्रे फेसकुम सञ्चालन गर्न पाउनेछन् ।
जनवरी ६ मा चुनावमा धाँधली भएको भन्दै अमेरिकाको वासिङ्टन डिसीमा डोनाल्ड ट्रम्पको समर्थनमा निस्केको जुलुसले अमेरिकी संसद भवन क्यापिटल हिलमा गरेको आक्रमणपछिको झडपमा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।