काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता एवं प्रभावशाली नेता विश्वप्रकाश शर्माले मन्त्री थपघट गर्नु कुनै पनि समस्याको समाधान नभएको बताएका छन् l
सामाजिक सञ्जाल ट्विटरमा एक ट्वीट गर्दै नेता शर्माले यस्तो बताएका हुन् l
‘कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि,’ उनले लेखेका छन्, ‘समस्या प्रधानमन्त्रीमै छ l न मन्त्री फाल्नु समाधान हो न पाल्नु l’
त्यस्तै उनले सर्वोच्च अदालतले संसद विघटनविरुद्धमा परेको रिटको फैसला नगर्ने बेलासम्म मात्र उनीहरु मन्त्री भएको बताएका छन् l
हेर्नुहोस उनको ट्विट:
पुनर्गठनमा टिप्पणी @PM_Nepal कै भाषामा – कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि ! समस्या प्रधानमन्त्रीमै छ l न मन्त्री फाल्नु समाधान हो न पाल्नु l `फैसला´ सम्मलाई दुइ-चारदिनको घामछांया !