मौसम पूर्वानुमान, चट्याङ्ग सहित वर्षा हुने भएकोले सतर्कता अपनाउन आग्रह-Sutra News

मौसम पूर्वानुमान, चट्याङ्ग सहित वर्षा हुने भएकोले सतर्कता अपनाउन आग्रह

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । अहिले  प्रदेश १ को पहाडी भू-भाग लगायत बाकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।



आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ २२ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २३ गते (आइतबार)

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ २४ गते (सोमबार)

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

पहाडी भूभागका थोरै स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट