काठमाडौँ । नेकपा एमालेका माधव पक्षका नेता भिम रावलले मन्त्रीमण्डल पुनर्गठन गर्ने सरकारको कदम असंवैधानिक र लोकतान्त्रीक मान्यता विरोधी भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रावलले यस्तो बताएका हुन् ।
‘कामचलाउ प्रमको यो कार्य कदम असंवैधानिक र लोकतान्त्रीक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा छ, उनले लेखेका छन्, ‘साथै दुईपटक संविधान सभाको निर्वाचन गरी देश र जनताले ठुलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात हो । यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् ।’
त्यस्तै उनले प्रधानमन्त्रीको राष्ट्रघाती, जनघाती लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रीयाकलापबाट दृढ पाइला चाल्नैपर्ने स्थितिमा पुगेको बताएका छन् ।