लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपा सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको बताएका छन् ।
शनिवार बिहान सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।
त्यस्तै उनले सबैजनालाई चुनावको तयारीमा जुट्नका लागि आग्रहसमेत गरेका छन् ।
‘जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको छ,’ पोखरेलले लेखेका छन्, ‘अव सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्तगर्ने अभियानमा जुटौ।’