मन्त्रीबाट हटेपछि अर्यालको प्रतिक्रिया- जनताको सेवामा निरन्तर खटिनेछु-Sutra News

मन्त्रीबाट हटेपछि अर्यालको प्रतिक्रिया- जनताको सेवामा निरन्तर खटिनेछु

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

पुर्वमन्त्रीसमेत रहेकी नेकपा एमालेकी नेतृ पद्माकुमारी अर्यालले मन्त्री पदबाट हटेपनि जनताको सेवामा निरन्तर खटिने बताएकी छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पुर्वमन्त्री अर्यालले यस्तो बताएकी हुन् ।



उनले पद अस्थायी भएको तर जिम्मेवारी पाउँदा  बफादारी पूर्वक समर्पित हुनु महत्वपूर्ण हुने उल्लेख गर्दै अरुले उनीप्रति गरेको विश्वास र भरोसालाइ पूरा गर्न मनदेखि वाचा गरेको उल्लेख गरेकी छन् ।

‘३ वर्षमा ३वटा मन्त्रालय सम्हाल्ने मौका पाएं । देश र जनतालाई ईमानदार र निष्ठा पूर्वक सेवा गर्ने मेरा रहर र मूल्य दुबै हुन् । साेही मूल्यमा कुनै निजी स्वार्थ र अनुचित लाभमा नलाग्ने प्रणका साथ काम गरे,’ उनले लेखेकी छन् , ‘मलाई माया गर्नुहुने,सद्भभाव राख्नुहुने शुभचिन्तकहरुकै कारण केही युगीन महत्वका ऐतिहासिक कार्य गर्ने उत्प्रेरणा मिलेको हो ।’

उनले आफुलाई राष्टकाे सेवा गर्ने मौका प्रदान गरेको भन्दै  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष के.पी शर्मा ओलीसहित  अन्य नेताहरू ,सिङ्गाे पार्टी र मतदाताप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट