कांग्रेस नेता रामहरी खतिवडाले बाँडे  ८ लाखको स्वास्थ्य सामाग्री-Sutra News

कांग्रेस नेता रामहरी खतिवडाले बाँडे  ८ लाखको स्वास्थ्य सामाग्री

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

नपाली कांग्रेसका युवा नेता एवं संविधानसभाका पूर्व सदस्य रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका सबै स्थानीय तह र स्वास्थ्य कार्यालयमा स्वास्थ्य सामाग्री बाँडेका छन् ।



जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटामा मास्क, स्यानिटाइजर, पीपीई सेट लगायत बाँडेका हुन् । एक लाख थान सर्जिकल मास्क, २ हजार थान केएन ९५ मास्क, ५०० लिटर स्यानिटाइजर र १ सय ५० थान पीपीई वितरण गरेका हुन् ।

‘कोरोना महामारी शुरु भएपछि म नियमित जसो जिल्ला गइरहेको छु, यसपटक ८ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरें,’ खतिवडाले भने । खतिवडाले यसपटक जिल्लामा नेपाली सेनालाई पनि पीपीई लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । 

ramhari khatiwada1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट