राजेन्द्र महतोमाथि कड्किए वामदेव – नेपाललाई संविधानविपरित बहुराष्ट्र र बहुराज्य किन बनाउने ?-Sutra News

राजेन्द्र महतोमाथि कड्किए वामदेव – नेपाललाई संविधानविपरित बहुराष्ट्र र बहुराज्य किन बनाउने ?

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोमाथि कटाक्ष गरेका छन् । उपप्रधानमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्ने क्रममा महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन संचालन गरेको छु भनेर दिएको अभिव्यक्तिमाथि गौतम असन्तुष्ट भएका हुन् ।



शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गौतमले भनेका छन्, ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्मविपरित कार्य गर्ने छैन भनी सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु ।’

उनले नेपालको संविधानमा लेखिएका कुरासमेत उदृत गरेका छन् । ‘नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो,’ गौतमले भनेका छन् ।

गौतमले महतोले पनि संचालन गरिरहेको मुक्ति आन्दोलनले विखण्डन गर्ने आशंकासमेत गरेका छन् । ‘नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन,’ गौतमले लेखेका छन्, ‘राजेन्द्र जीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

bamdev status.PNG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट