कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा गएराति मृत्यु भएको छ । 



सङ्क्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 

योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट