उपप्रधानमन्त्रीको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ- गोकर्ण विष्ट-Sutra News

उपप्रधानमन्त्रीको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ- गोकर्ण विष्ट

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

पुर्वामन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल भएको बताएका हुन् ।



नेता विष्टले शनिवार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ, उनले लेखेका छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

उपप्रधानमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्ने क्रममा महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन संचालन गरेको छु भनेर अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट