उपप्रधानमन्त्री महतोले माफी माग्नुपर्छः माधव नेपाल पक्ष-Sutra News

उपप्रधानमन्त्री महतोले माफी माग्नुपर्छः माधव नेपाल पक्ष

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षका १८ वटा जनवर्गीय संगठनहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरूले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महतोले तत्काल माफी माग्नुपर्ने बताएका छन् ।



उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

महतोको अभिव्यक्ति संविधानको प्रस्तावना र संविधानको धारा-३ विपरीत रहेको भन्दै उनीहरूले संविधानको मर्मविपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट त्यस प्रकारको अराजक अभिव्यक्ति आउनु बिडम्बनापूर्ण भएको जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट