अफगान हिंसामा ४ सैनिक मारिए-Sutra News

अफगान हिंसामा ४ सैनिक मारिए

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

काठमाडौं- अफगानिस्तानका विभिन्न स्थानमा शुक्रबार र शनिबार भएका कारबाही तथा आक्रमणमणका घटनाहरुमा परेर १० जना तालिबान लडाकू र अरु ९ जना सुरक्षाकर्मी मारिएका बताइएको छ ।



अफगानिस्तानबाट प्राप्त समाचारमा उत्तरी प्रान्त बाग्लानको प्रहरी चौकीमा तालिबान लडाकूहरुले हमला गरेका थिए । सो सशस्त्र हमलामा परी छ जना प्रहरी मारिएका छन् । उनीहरु चौकीमा रहेका बेला प्रहरी माथि नै हमला भएको थियो ।

ठूलो संख्यामा आएका तालिबानहरुले सो प्रहरी चौकीमा हमला गरेका थिए । शनिबार भएको सो हमलामा परी मारिएका ६ जनामध्ये दुई जना दुई जिल्लाका प्रमुख प्रहरी रहेका बताइएको छ । सो हमलामा परी अरु सात जना प्रहरी घाइते भएका छन् । त्यस चौकीमा हमला गरेर तालिवानहरु भागेका बताइएको छ ।

त्यसैगरी उत्तरी बादख्सान प्रान्तको आर्गो जिल्लामा पनि ताबिलानहरुले थापेको एम्बुसमा परेर ४ जना सैनिक मारिएका छन् । उनीहरुको सवारी नै सडकमा विछ्याइएको एम्बुसमा परेको थियो । त्यस क्रममा अरु ६ जना सैनिक घाइते पनि भएका छन् । घाइते सैनिकको अवस्था गम्भीर रहेको सो प्रान्तका प्रान्तीय सैनिक प्रमुखले जानकारी दिएका छन् ।

त्यसैगरी अफगानिस्तानको उत्तरी समागान प्रान्तमा यहाँको सेनाले गरेको कारबाहीमा परी १० जना ताबिलान लडाकूहरु मारिएको बताइएको छ । उनीहरुलाई अफगान सेनाले हवाई कारबाही गरेको थियो ।त्यसमा परी अरु कम्तीमा १० जना घाइते भएका पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट