काठमाडौं- नेकपा एमालेको झलनाथ खनाल र माधव नेपालनिकट विद्यार्थी संगठनले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ ।
शनिबार काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै खनाल-नेपाल पक्षीय अनेरास्ववियुले महतोको पुत्ला दहन गरेको हो ।
महतोले शुक्रबार ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिएका थिए ।
अनेरास्ववियु पुत्ला जलाउनुको क्रममा महतोलाई राष्ट्रघाती भन्दै नारा समेत लगाएका थिए ।