चीनमा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठको मृत्यु-Sutra News

चीनमा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठको मृत्यु

आइतबार, २३ जेष्ठ २०७८

आइतबार, २३ जेष्ठ २०७८

काठमाडौं- चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कबिहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् ।



बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी ज्यासी शहरको कोइलाखानीमा लङ्मे माइनिङ होल्डिंग ग्रुप कम्पनी लिमिटेडद्वारा संचालित कोइला खानीमा शनिबार दिउसो १२ः०७ मा दुर्घटना भएको जनाएको छ ।

उद्धारकर्मीहरूले वेपत्ता श्रमिकहरूको खोजी र उद्धार प्रयासहरू गरिरहेको तर आइतबार साँझसम्म उनीहरूको अवस्था थाहा हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट