पार्टी एकताको प्रस्ताव झुक्याउन ल्याइयोः झाँक्री-Sutra News

पार्टी एकताको प्रस्ताव झुक्याउन ल्याइयोः झाँक्री

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आइतबार अध्यक्ष केपी शर्मा ओलीले गरेको पार्टी एकताको आह्वान झुक्याउन, अलमल्याउन भएको प्रतिक्रिया दिएकी छिन् ।



प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई २ जेठ २०७६ कै अवस्थामा फर्काउन तयार रहेको भनि ६ बुँदे एकताको प्रस्ताव गरेका थिए । वरिष्ठ नेता माधव नेपाल पक्षले २ जेठमा फर्किनुपर्ने अडान राख्दै आएको थियो ।

ओलीको प्रस्तावमा आइतबारै साँझ प्रतिक्रिया जनाउँदै नेपाल पक्षकी नेतृ झाँक्रीले भनिन्, ‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन‘ झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ ।’

हेर्नुहोस् झाँक्रीको भनाइ जस्ताको तस्तै

भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। अब रह्यो नेकपा एमालेको एकताको कुरा: यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन… झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ। अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ।

पार्टी एकताका लागि ओलीले अघि सारे ६ बुँदे प्रस्ताव, जेठ २ फर्किन तयार [पत्रसहित] पार्टी एकताका लागि ओलीले अघि सारे ६ बुँदे प्रस्ताव, जेठ २ फर्किन तयार [पत्रसहित]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट