काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझा गरेको पार्टी एकताको आह्वानलाई स्वागत गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीलाई २ जेठको अवस्थामा फर्काउन तयार रहेको बताउँदै वरिष्ठ नेता माधव नेपाल पक्षले पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीलको एकता आह्वनप्रति प्रतिक्रिया जनाउँदै नेता भट्टराईले भने, ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ ।’
नेता भट्टराईले पार्टी एकताका लागि गठित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयहरुलाई समाधान गर्ने बताएका छन् ।