ओलीको पार्टी एकता प्रस्तावमाथि छलफल गर्न नेपाल पक्षको बैठक बस्दै-Sutra News

ओलीको पार्टी एकता प्रस्तावमाथि छलफल गर्न नेपाल पक्षको बैठक बस्दै

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका माधव नेपाल पक्षको बैठक बस्दै छ ।



आइतबार साँझ प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरेपछि सोमार सोही प्रस्तावमाथि छलफल गर्न माधव पक्षले बैठक बोलाएको हो । एक नेताका अनुसार बैठक भर्चुअल रूपमा बस्नेछ । समय भने तोकिएको छैन ।

आजको छलफलबाट नेपाल पक्षले धारणा बनाउनेछ । एकता प्रस्तावलाई नेता योगेश भट्टराई लगायत केही नेताहरूले स्वागत गरेका छन् भने नेतृ रामकुमारी झाँक्रीले ओलीको चालबाजी मात्रै भएको टिप्पणी गरेकी छिन् ।  

अध्यक्ष ओलीको एकता प्रस्तावलाई योगेशले गरे स्वागत, दिए यस्ता सुझाव अध्यक्ष ओलीको एकता प्रस्तावलाई योगेशले गरे स्वागत, दिए यस्ता सुझाव

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट