सांसदहरूलाई मन्त्रीको लोभमा नफस्न सचेत गराउँदै बाबुरामले भने- ज्ञानेन्द्रकालका टीकेमन्त्रीको बेहाल सम्झौं-Sutra News

सांसदहरूलाई मन्त्रीको लोभमा नफस्न सचेत गराउँदै बाबुरामले भने- ज्ञानेन्द्रकालका टीकेमन्त्रीको बेहाल सम्झौं

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सांसदहरूलाई प्रधानमन्त्री ओलीले दिने मन्त्रीको लोभ नफस्न आग्रह गरेका छन् ।



जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले केन्द्रमा जस्तै प्रदेशहरूमा पनि आफ्नो सरकार टिकाउन अन्य दलका सांसदलाई मन्त्रीको लोभ देखाउन थालेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन् ।’ उनले यसमा नझुक्किन सांसदहरुलाई खबरदारी गरेका छन् ।

डा.भट्टराईले भनेका छन्, ‘खबरदार, नझुक्किऊॅ ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न ! विष गुलियोमा मिसाएरै ख्वाइन्छ । पञ्चायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको बेहाल सम्झौं ।’

संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्।खबरदार,नझुक्किऊॅ! भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न!विष गुलियोमा मिसाएरै ख्वाइन्छ! पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीकेमन्त्रीको वेहाल सम्झौं!

— Baburam Bhattarai (@brb1954) June 7, 2021

प्रदेश २ का एक मन्त्री र तीन राज्यमन्त्री बर्खास्त प्रदेश २ का एक मन्त्री र तीन राज्यमन्त्री बर्खास्त

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट