काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकताका लागि भन्दै गरेको ६ बुँदे प्रस्तावमा सहमति जनाउने माधव नेपाल पक्षका नेतालाई लेखक खगेन्द्र संग्रौलाले कडा कटाक्ष गरेका छन् ।
ओलीले आइतबार पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि माधव नेपाल पक्षका नेताबीच मत बाझिएको छ । कोही स्वीकार गर्ने पक्षमा छन् भने कोही नगर्ने पक्षमा छन् । प्रस्तावकै विषयमा छलफल गर्न नेपाल पक्षको बैठक बस्दैछ ।
यसै सन्दर्भमा लेखक संग्रौलाले ओलीको प्रस्तावमा सहमति जनाउन खोज्ने एमाले नेताहरूले आफ्नो हुर्मत देखाउन खोजेको टिप्पणी गरेका हुन् ।
दिग्भ्रमित,अकर्मण्य र पामर माधव समूहलाई एकता हेतु ओली सरकाे आदेश- पहिले जम्मै लुगा फुकाल,त्यसपछि बल्ल जात,पद र इज्जत दिनेबारे म विचार गरूँला। ल हेर,माधव समूहका केही भिखारी त प्रभुकाे आदेशबमाेजिम हत्तपत्त लुगा फुकाल्न थाले है! आँखा छाेपाैँ मान्यवर,दृश्य खतरा छ!
— Khagendra Sangroula (@belakoboli) June 7, 2021