काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएको कारणले आज संवैधानिक इजलास स्थगित भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइ अब बुधवार हुने अदालत स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले हिजो नयाँ संवैधानिक इजलास गठन गरेका थिए । नयाँ संवैधानिक इजलासलाई सरकार पक्षले विरोध गरेको छ ।