काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका नेता माधवकुमार नेपालबीच कोटेश्वरमा भेटवार्ता भएको छ ।
सोमवार भएको भेटवार्तामा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रस्तावका विषयमा छलफल भएको बुझिएको छ ।
त्यस्तै विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दायर गरेको रिटको विषयमा पनि छलफल भएको छ ।
ओलीले पार्टी एकताका लागि माधव पक्षका नेताहरुलाई आफ्ना शर्तहरुसहित आह्वान गरेका छन् । त्यस्तै ओलीको प्रस्तावमाथि माधव-झलनाथ पक्षले छलफल गरिरहेका छन् ।