रौतहटमा प्रहरी र स्थानीयबीच झडप हुँदा डीएसपीसहित ६ जना घाइते-Sutra News

रौतहटमा प्रहरी र स्थानीयबीच झडप हुँदा डीएसपीसहित ६ जना घाइते

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

रौतहटमा प्रहरी टोली र स्थानीयबीच झडप हुँदा डिएसपीसहित ६ प्रहरी घाइते भएका छन् ।



गरुडा नगरपालिका ९ स्थित गेडहिगुठी टोलमा जन्ती जान लागेका टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप सुरु भएको हो ।

निषेधाज्ञाको समयमा जन्ती जान लागेका मानिसहरुलाई प्रहरीले सम्झाएर रोक्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहले बताएका छन् ।

झडपमा समावेश भएका २ जनालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट