काठमाडौँ । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले माफ माग्नुपर्ने बताएका छन् ।
उनले फेसबुकमा टिप्पणी लेख्दै यस्तो बताएका हुन् ।
उनले सर्वोच्च अदालतले ०७५ जेष्ठ ३ अगाडि फर्क भनेर आदेश दिएपछि कार्यान्वयन नगर्नु अदालतको मानहानी हुने बताएका छन् ।
त्यस्तै उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर माधव-झलनाथ पक्षले फिर्ता लिन नहुने उल्लेख गरेका छन् ।
‘सर्वोच्च अदालतले ०७५ जेष्ठ ३ अगाडि फर्क भनेर आदेश दिएपछि कार्यान्वयन नगर्नु त अदालतको मानहानी हो।’ उनले लेखेका छन्, ‘संविधान, कानून र विधी पद्धती भत्काएपछि मानहानीको के नै अर्थ रहयो र ? अहिले कसैको आदेश र लहडको भरमा चल्ने गरी राज्यका अधिकाँश अंगहरुको नटवोल्ट खुकुलो पारिएको छ ।’