काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।
आजै प्रचण्डले नेकपा एमालेबाट निष्कासन भएका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
सोमवार भएको भेटवार्तामा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रस्तावका विषयमा छलफल भएको बुझिएको छ ।
त्यस्तै विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दायर गरेको रिटको विषयमा पनि छलफल भएको छ ।