पुर्वामन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टी एकता गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव अन्तिम प्रयास भएको बताएका छन् ।
सोमबार ट्वीटरमा लेख्दै नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन् ,’अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा। के गर्नु? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए । यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए।लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।’
अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा।के गर्नु? आफ्नै हुन माया लाग्छ ।राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए।यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए।लास्ट प्रयास!पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।
— Gokul Prasad Baskota (@GokulPBaskota) June 7, 2021