नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन चुरेको गिट्टी, ढुङ्गा बालुवा निकासी गर्ने निर्णय गरेको बताएका छन् ।
सोमबार फेसबुकमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
त्यस्तै उनले ओलीले सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुगेको आरोपसमेत लगाएका छन् ।