मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता-Sutra News

मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।



मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट हालेका हुन् ।

कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नमिल्ने उनीहरुको दाबी छ ।

 गत जेठ २१ गते आठ मन्त्रालय सहित जनता समाजवादी पार्टी (जसपा) नेपालको एक समूह सरकारमा सहभागी भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट