लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेका माधव पक्षका नेताहरुलाई पार्टी एकता गर्नमा लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि शर्तसहित माधव-झलनाथ पक्षलाई प्रस्ताव गरेपछि मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
‘जेठ २ मा फर्किने कुरा भो । अव मन मिलाउने र पार्टी बनाउने कुरा गरौँ,’ पोखरेलले लेखेका छन् , ‘जनता पार्टीको साथमै छन् । समस्या नेतृत्व बीचको हो पहल गरौ ।’