सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार भट्टले भोली मंगलवार विश्वासको मत लिने भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा रहेको हुँदा नेपाली काँग्रेसका सांसदहरुले पनि उनलाई विश्वासको मत लिनुपर्ने सुझाव दिइराखेका छन् ।
माओवादीको सरकार भए पनि एमालेको माधव-झलनाथ पक्षले सरकारलाई समर्थन गरिराखेका छन् ।
एमालेका सभामुखसहित २५ जना सांसद रहेको सभामा ओली पक्षका ७ र माधव नेपाल पक्षका १८ जना रहेका छन्।