कोभिड दोस्रो लहरबाट हुम्लाका सबै गाउँपालिकामा असर-Sutra News

कोभिड दोस्रो लहरबाट हुम्लाका सबै गाउँपालिकामा असर

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

कोभिड –१९ को दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर गरेको छ । जिल्लाका गाउँपालिकामा पिसिआर र एन्टिजेन विधिबाट एक हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।



सञ्चो हुने ९३  जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ छ । 

रेडक्रसद्वारा जिल्ला स्वास्थ्य कार्यालयलाई मास्क नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले हुम्लालाई २० हजार पाँच सय थान मास्क हस्तान्तरण गरेको छ । जिल्लाका स्वास्थ्यकर्मीलाई पाँच हजार, १० उपशाखा कार्यालयलाई एकएक हजार, सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई एकएक सय र  स्वयंसेविकालाई केही मास्क वितरण गरिएको  रेडक्रसका सभापति गणेशबहादुर महतले बताए । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट