भाटभटेनी स्टोरका म्यानेजर पक्राउ-Sutra News

भाटभटेनी स्टोरका म्यानेजर पक्राउ

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

निषेधाज्ञाको समयमा पसल खोलेको आरोपमा प्रहरीले भाटभटेनी स्टोरका म्यानेजरलाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङ रहेका छन् ।

निषेधाज्ञामा पनि सरकारको नियम उल्लङ्घन गर्दै मार्केट खोलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पसल खोलेको थाहा पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमन गर्न गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट