असुरक्षा बढेको भन्दै राउटे बस्ती सिल-Sutra News

असुरक्षा बढेको भन्दै राउटे बस्ती सिल

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्तीमा असुरक्षा बढेको भन्दै अन्य मानिसहरुलाई राउटे बस्तीमा छिर्न नदिने निर्णय गरेको छ ।



राउटे बस्तीमा सुरक्षा व्यवस्था गर्नका लागि प्रशासनले २२ जना प्रहरी खटाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार  गरेको घटना बाहिर आएसँगै सरकारले यस्तो निर्णय गरेको हो ।

असुरक्षा भएपछि गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र उपलब्ध गराइ संरक्षण समेत गर्दै आइरहेको छ । आइतबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले घटनामा संलग्न दोषीलाई वास्तविकता छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट