नायिका वर्षा सिवाकोटीको प्रश्न- देशमा न्याय मरिसकेको हो ?-Sutra News

नायिका वर्षा सिवाकोटीको प्रश्न- देशमा न्याय मरिसकेको हो ?

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

अभिनेत्री बर्षा सिवाकोटीले यौन उत्पिडन जस्तो कारूणिक घटनालाई मसला नबनाउन अनुरोध गरेकी छन् ।



उनले राज्यको प्रशासन भन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु भएको उल्लेख गरेकी छन् ।

सोमबार फेसबुकमा स्टाटस लेख्दै नायिका सिवाकोटीले यस्तो बताएकी हुन् ।

उनले संवेदनशील घटनाप्रति राज्यलाई जिम्मेवार हुन् आग्रह गरेकी छन् । ‘घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं,’ उनले भनेकी छन्, ‘सक्छौँ भनें, हामी सबै मिलेर राज्यलाई दबाब सृजना गरौं। व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट