नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बुढानिलकण्ठ पुगेका छन् ।
विपक्षी गठबन्धनका नेताहरुबीच नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार राती पार्टी एकताका लागि भन्दै ६ बुंदे प्रस्ताव अघि सारेपछि उक्त विषयमा छलफल गर्नका लागि उनीहरु देउवासँग छलफलको लागि गएको बुझिएको छ ।
देउवा निवासको छलफल अघि प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । दाहालसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका थिए ।