३८ वर्षीया महिला २० औँ पटक आमा बन्दै, डाक्टरलाई सास्ती-Sutra News

३८ वर्षीया महिला २० औँ पटक आमा बन्दै, डाक्टरलाई सास्ती

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

एकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् ? तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् ।महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् ।



अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।उनले यसअघि १९ पटक बच्चा जन्माइसकेकी भएपनि अहिले केवल ११ वटा छोराछोरी मात्रै जिवित छन् । उनको उमेरचाहिँ ३८ वर्षको छ ।सरकारी अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणका क्रममा लंकाबाई र उनको पेटमा रहेको गर्भ स्वस्थ रहेको पाइएको छ ।

अनौठो त के भने उनी यसअघि १९ पटक गर्भवती हुँदा कहिल्यैपनि अस्पताल आएकी थिइनन् र घरमै बच्चा पाएकी थिइन् । उनले २० औँ गर्भमा पहिलोपटक अस्पताल टेकेकी हुन् ।

उनलाई यो पटक अस्पतालमै भर्ना गरेर सुत्केरी गराउने तयारी छ ।निकै गरीब परिवारकी लंकाबाईको परिवारका सदस्यहरु भिख माग्ने तथा मजदूर गर्ने काम गर्दछन् । उनीहरु एकठाउँमा नबसी फिरन्ते जीवन बिताइरहेका छन् ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट