पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका हुन् ।
यही अवधिमा नेपालमा थप ४ हजार ४७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
नेपालमा थप ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।
आज १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।