वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना-Sutra News

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौं- वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । आइतबार अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना भएका हुन् ।



उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा.धर्मा यादवले जानकारी दिए । गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो ।

श्रेष्ठलाई सोमबार डिलक्स रुममा सारिएको डा. यादवले जानकारी दिए । श्रेष्ठ केही दिनअघि मात्र कोरोना संक्रमणमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट