अमेरिकी उपराष्ट्रपति ह्यारिस ग्वाटेमालामा-Sutra News

अमेरिकी उपराष्ट्रपति ह्यारिस ग्वाटेमालामा

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

ग्वाटेमाला सिटी- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला आइपुगेकी छिन् । उनी ग्वाटेमालाको भ्रमणपछि मेक्सिको प्रस्थान गर्नेछिन् ।



अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लागेकी हुन् ।उपराष्ट्रपति ह्यारिसले खासगरी सीमा वारपार भइरहेको तस्करी नियन्त्रणका उपायहरु घोषणा गर्नेछिन् । साथै उनले भ्रष्टाचार नियन्त्रणका उपायहरुबारे पनि अमेरिकी धारणा सार्वजनिक गर्नेछिन् ।

राष्ट्रपति बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई अमेरिका-मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिएका छन् ।

उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग मङ्गलबार हुने बैठकमा खासगरी भ्रष्टाचार नियन्त्रणका उपायका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट