ओलीको ६ बुँदे प्रस्ताव प्रतिनिधिसभा विघटनसँग जोडिएको भन्दै विपक्षी गठबन्धन शशंकित-Sutra News

ओलीको ६ बुँदे प्रस्ताव प्रतिनिधिसभा विघटनसँग जोडिएको भन्दै विपक्षी गठबन्धन शशंकित

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै सार्वजनिक गरेको ६ बुँदे प्रस्तावलाई विपक्षी गठबन्धनका शीर्ष नेताले शंकाको दृष्टिले हेरेका छन् ।



कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले नेता माधव नेपालबीच भएको छलफलमा ओलीको ६ बुँदे प्रस्ताव प्रतिनिधिसभा विघटनसँग जोडिएको भन्दै अदालतलाई प्रभावमा पार्ने उद्देश्यअनुरुप आएको हुनसक्ने आशंका गरेका हुन् ।

ओलीले आइतबार साँझ एमाले एकताको प्रस्ताव भन्दै सर्वोच्चमा परेको मुद्दा फिर्ता लिन आव्हान गरेका थिए । तीन नेताबीच एक घण्टाभन्दा बढी समय भएको छलफलमा ओलीको ६ बुँदे प्रस्तावसहित सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने तथा प्रदेश २ र गण्डकी प्रदेश सभाको भविष्य र सरकारबारे पनि छलफल भएको देउवा निकट कांग्रेसका एक नेताले जानकारी दिए ।

‘तीन नेताबीच ओलीको ६ बुँदे प्रस्तावदेखि सुदूरपश्चिम प्रदेश सरकार, प्रदेश २ को सरकार र गण्डकीमा भइरहेको राजनीतिक उतारचढावबारे छलफल भएको भन्ने बुझिएको छ’ ती नेताको भनाइ छ । उनका अनुसार ओलीले सार्वजनिक गरेको ६ बुँदे प्रस्ताव संसद विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दालाई प्रभाव पार्ने चालवाजीका रुपमा आएको हुनसक्ने आशंका नेताहरुले गरेका छन् ।

जसलाई चिर्न विपक्षी गठबन्धन एक ठाउँ छौ भन्ने सन्देश दिन जरुरी भएकाले तीन नेताबीच भेटवार्ता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट