क्यानडामा मुस्लिम परिवारका चारजनाको हत्या, ९ वर्षका बालक मात्रै बाँचे-Sutra News

क्यानडामा मुस्लिम परिवारका चारजनाको हत्या, ९ वर्षका बालक मात्रै बाँचे

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं- क्यानडामा मुस्लिम परिवारका चार सदस्याको हत्या भएको छ । अनतारिओ प्रान्तको लण्डन शहरमा आइतबार आक्रमण भएको हो ।



परिवारका पाँच सदस्य मध्ये ९ वर्षका बालक मात्रै जीवित रहन सफल भएका छन् । उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ । २० वर्षीय क्यानडियन युवकमाथि हत्या अभियोगमा पक्राउ गरि मुद्दा दायर भएको छ ।

आइतबार भएको आक्रमणमा मारिएकाहरुलाई मुस्लिम भएकै कारण निशाना बनाइएको हुन सक्ने देखिएको डिटेक्टिभले सोमबार पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रहरीले यसलाई हेट क्राइमका रुपमा लिइएको जनाएको छ । मारिनेमा ७४ र ४४ वर्षकी महिला, ४६ वर्षका पुरुष तथा १५ वर्षकी किशोरी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट