काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज मंगलबार विश्वासको मत लिन लागेका छन् ।
प्रदेशसभा सचिवालयकाअनुसार भट्टले आज बिहान विश्वासको मत लिनेछन् ।
माओवादीको सरकार भए पनि एमालेको माधव-झलनाथ पक्षले सरकारलाई समर्थन गरिराखेका छन् ।
एमालेका सभामुखसहित २५ जना सांसद रहेको सभामा ओली पक्षका ७ र माधव नेपाल पक्षका १८ जना रहेका छन् ।